ज्योति क्यापिटलको नारी दिवसमा ‘निःशुल्क डिम्याट र मेरो सेयर खाता’

0
Shares

ज्योति क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा “ज्योति क्यापिटल नारी सम्पन्नता निःशुल्क डिम्याट र मेरो शेयर खाता” योजना सार्वजनिक गरेको छ ।

सेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गर्दै क्यापिटलले महिलाहरुलाई पनि सेयर बजार तर्फ आकर्षित गरी एक आर्थिक रुपमा सम्पन्न नारी बन्न प्रेरित गर्ने उद्देश्यका साथ उक्त योजना ल्याएको जनाएको हो ।

उक्त योजना अवधिभर नेपाली नारीहरु नाबालकदेखि साबालक सम्मले निःशुल्क डिम्याट र मेरो सेयर खोल्न पाउनेछन् । ज्योति क्यापिटलले नारीहरूको सम्मानमा यो योजना ल्याएको हो ।

ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो सेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइट अथवा लिंकमा क्लिक गरी खोल्न सकिनेछ । उक्त योजना मिति २०८० फागुन २४ गते देखि ३० गतेसम्म ज्योति क्यापिटल लिमिटेड तथा ज्योति विकास बैंकको सबै शाखा कार्यालयहरुवाट प्राप्त गर्न सकिने छ ।

हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको यस ज्योति क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा समेत प्रदान गरिरहेको छ । साथै ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलले ज्योति विकास बैंकसँगको सहकार्यमा डिम्याट सेवा पनि प्रदान गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।