रोमानिया पठाइदिने प्रलोभन एक लाख रुपैयाँ ठगी गरेको आरोपामा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले एक जनालाई पक्राउ गरेको छ।
बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ८ घर भई काठमाण्डौं तार्केश्वर वडा नम्बर १० मनमैजु बस्ने चुडामणी शेषकान्त शर्मालाई प्रहरीले पक्राउ गरेको हो । शर्माले तुल बहादुर बलाललाई वैदेशिक रोजगारीको लागि रोमानियाको प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भन्दै पटक पटक गरी एक लाख लिएका थिए । उनले कुल खर्च सात लाख लाग्ने र मासिक ९० हजार तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट रकम असुलेको प्रहरीले जनाएको छ ।
शर्माको खोजतलास गर्ने क्रममा फागुन २२ गते पाँच बजेको समयमा कामपा वडा ३१ मिनभवनबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको प्रहरी उपरीक्षक तथा प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
