सिंगटी हाइड्रोपावरको संस्थापक, स्थानीय र कर्मचारीको सेयरको लकइन सकिँदै

0
Shares

सिंगटी हाइड्रोपावरको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीको सेयरको लकइन अवधि आगामी चैत २६ गतेदेखि समाप्त हुने भएको छ ।

कम्पनीका कम्पनी सचिव विष्णु प्रसाद रेग्मीका अनुसार संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीका लागि लकइन राखिएको १ करोड १६ लाख ५८ हजार कित्ता सेयरको लकइन समाप्त हुन लागेको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ अनुसार सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले तीन वर्षसम्म उक्त सेयरहरु लकईन राख्नुपर्ने व्यवस्था छ । सोही अनुसार संस्थापकहरुको लगानी रहेको १ करोड १ लाख ५० हजार कित्ता सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको १४ लाख ५० हजार कित्ता (जारी पुँजीको १० प्रतिशत) र कम्पनीका कर्मचारीहरुको ५८ हजार कित्ता (सर्वसाधारणमा निष्कासन भएको सेयरको २%) सेयर लकईन राखिएको थियो ।

सिंगटी हाईड्रो इनर्जी लिमिटेडको चुक्ता पुँजी १ अर्ब ४५ करोड रहेको छ । यहि पुँजीबाट कम्पनीले हालै मात्रै १ः१ अनुपातमा हकप्रद जारी गरेको छ । कम्पनीले सर्वासाधारणमा निष्कासन गरेको २९ लाख कित्ता साधारण सेयर २०७७ चैत २७ गते बाँडफाँड गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।