राष्ट्र बैंकले साढे २१ अर्ब ५० करोडको ट्रेजरी बिल जारी गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले आगामी आइतबार २१ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले यसअघि जारी गरेको २८ दिन, ९१ दिन र एक वर्षको लागि जारी गरेको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । फागुन २७ गते आइतबार बोलकबोल भई २९ गते मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आइतबार दिउँसो ३ बजे बोलकबोल हुनेछ। केन्द्रीय बैंकले २८ दिनको लागि ८ अर्बरुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी चैत २७ गते परिपक्व हुनेछ ।

केन्द्रीय बैंकले ९१ दिनको लागि ८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी २०८१ जेठ २९ गते परिपक्व हुनेछ। १ वर्षको फागुन २७ गते परिपक्व हुनेछ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको ९बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ। व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

यसमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।