सूर्योदय वोमी लघुवित्त १३ औं वर्षमा

0
Shares

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड १३ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले स्याङ्जाको पुतलीबजार नगरपालिका ३ गुडीखोला सहयात्री पार्टी प्यालेसमा १३ औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ ।

१२ वर्ष पूरा गरी १३ वर्षमा प्रवेश गरेसँगै लघुवित्तले विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकउत्सव कार्यक्रम मनाएको हो । ५५ जिल्लामा १९२ शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको वित्तीय संस्थाले सर्लाहीको हरिवन, चितवनको भरतपुर, पश्चिम नवलपरासीको सुनवल र स्याङजाको पुतलीबजार गरी देशका चार ठाउँमा वार्षिकोत्सवको अवसरमा रक्तदान लगाएतका कार्यक्रम आयोजना गरेको हो।

संस्थाले नेपाल रेडक्रस सोसाइटी स्याङजा शाखाको समन्वयमा रक्तदान कार्यक्रम गरेको थियो। कार्यक्रममा ३६ जना रक्तदाताले रक्तदान गरेका थिए । लघुवित्तले अमरसेवा समाजद्वारा सञ्चालित बाल गृहका बालबालिकाहरुका लागी खाद्य तथा सरसफाई सामाग्री र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरुका लागी फेस मास्क सहयोग गरेको थियो ।

वार्षिकउत्सवको अवसरमा संस्थामा अनवरत १० वर्ष सम्म सेवा गरेका ५ जना कर्मचारीहरुलाई सम्मान समेत गरेको थियो ।

हाल लघुवित्तको चुक्ता पुँजी ९१ करोड ७ लाख ८२ हजार, सेयरधनी कोषमा १७ करोड ४७ लाख र जगेडा कोषमा ३६ करोड ७४ लाख सञ्चित छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।