युनाइटेड मोदी हाइड्रोपावर एजीएम चैत २९ गते

0
Shares

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चैत २९ गतेका लागि वार्षिक साधारण सभा आह्वान गरेका छ । कम्पनीले कालिमाटी ब्यांकेट,कालीमाटीमा बिहान ११ बजे सभा बोलाएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव सभामा राखेको छैन । यद्यपी सभामा हाल कायम चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव भने पेश हुनेछ ।

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने छ। यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहने कम्पनीको जानकारी छ ।

साधारण सभा प्रयोजनका लागि यस कम्पनीले चैत ७ गते बुक क्लोज गर्ने भएको छ। बुकक्लोज अनुसार चैत ६ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयर धनी मात्र सभामा भाग लिन पाउने छन् ।

हाइड्रोपावरको हाल चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।