आइतबार २२ अंकले बढ्यो नेप्से

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सूचक मापक नेप्से २२.१० अंकले बढेको छ । १.०८ प्रतिशतले बढेसँगै सूचक २०५२।६५ बिन्दुमा पुगेको छ । आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँ बराबारको ७० लाख ४३ हजार ४५७ कित्ता सेयर किनबेच भएको छ ।

नयाँ अर्थमन्त्री आएसँगै सेयर लगानीकर्ता उत्साहित देखिएका छन् । लामो समयसम्म लगातार घटेको बजार पछिल्ला तीन कारोबार दिनमा बजार लगातार वृद्धि भएको छ । अर्थमन्त्री पुनले बजारप्रति सकारात्मक अभिव्यक्ति दिँदै आएका छन् । त्यसले पनि लगानीर्तामा उत्साह देखिएको छ । उनले धितोपत्र बजारमा ढुक्क भएका लगानी गर्न आग्रह गरेका छन् । सोही कारण घट्दै आएको बजार अहिले समालिँदै उकालो लाग्न थालेको छ ।

२२ अंकले बजार बढ्दा उपसमूहगत सूचकतर्फ जलविद्युत् बाहेक सबै १२ ओटै बढेका छन् । जलविद्युत् ०.१२ प्रतिशतले घटेको छ । लघुवित्त र जीवन बीमा सेक्टरमा उछाल आएको छ । लघुवित्त आज ४.२१ प्रतिशतले बढेको छ भने जीवन बीमा १.८४ प्रतिशतले बढेको छ । फाइनान्स १.४० प्रतिशत, निर्जीवन बीमा १.३४, लगानी १.२६, होटल तथा पर्यटनमुलक १.१२, विकास बैंक १.०८ प्रतिशत र म्युचुअल फन्ड १.०१ प्रतिशतले बढेको छ। अन्य बढ्दा यसअघि बढ्दै आएको हाइड्रोपावर भने सुस्ताएको हो । यसले लगानीकर्ता अन्य सेक्टरमा समेत पसेको जनाउँछ ।

आज भएको करोबार मध्ये २३३ कम्पनीको सेयर बढेको छ भने ५८ ओटको घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थीर छ । आजको बजारमा जाल्पा सामुदायिक लघुवित्त र विन नेपाल लघुवित्तीय वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सक्रिट लागेको छ । उता चिरख्वा हाइड्रोपावरको सेयर मूल्य ७.०६ प्रतिशत र पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ६.९५ प्रतिशतले घटेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक २२ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै सोनापुर मिनरल्स १८ करोड १३ लाख, जोशी हाइड्रोपावरको ७ करोड ९० लाख, हाथवे इन्भेष्टमेन्टको ७ करोड २१८ लाख र हिमालयन रि इन्स्योरेन्सको ७ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।