नेशनल लघुवित्त र माउन्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


नेशनल लघुवित्त र माउन्टेन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुवै कम्पनीले बुधबार बुकक्लोज गर्दैछन्।

जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीहरुको लाभांश प्राप्त गर्न तथा साधारण सभामा लिन पाउने छन् ।

नेशनल लघुवित्त वित्तीय संस्थाले दशौँ वार्षिक साधारण सभा चैत १६ गते, शुक्रबार, धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको ७.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ८ करोड १३ लाख १५ हजार ४६६ रुपैयाँ ४६ पैसा नगद लाभांश वितरण गर्ने र ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, माउन्टेन इनर्जी नेपालले चैत १३ गते, आम्रपाली ब्याङ्कवेट क्याटरिङ्ग एण्ड इभेन्ट्स, भाटभटेनी, काठमाडौँमा बिहान साढे १० बजे शुरु सभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।