सात हजार घुस लिने वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको राँझास्थित सब–डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग सात हजार रुपैयाँ घुस लिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मंगलबार मुद्दा दायर गरेको हो ।

वन अधिकृत पार्धेले काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो।

नेपालगञ्जबाट खटिएको अख्तियारको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा केही दिनअघि नियन्त्रणमा लिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।