प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो हकप्रद जारी गर्ने अनुमति

0
Shares

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद जारी गर्ने अनुमति माग गरेको छ । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड (सेबोनं) मा कम्पनीले फागुन २२ गते मंगलबार हकप्रद निष्कासनको अनुमति माग गर्दै निवेदन दिएको हो ।

बोर्डका अनुसार कम्पनीले १ः०.१७ अनुपातमा ७३ करोड ३ लाख २० हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका ७३ लाख ३ हजार २ सय कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो ।

सेबोनबाट अनुमति पाएपछि कम्पनीले सेयरधनीलाई हकप्रद जारी गर्नेछ । कम्पनीको गत पुस २९ गते बसेको छैठौं वार्षिक साधारण सभाले हकप्रद निष्कासनको प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी पाँच अर्ब कायम गर्नका लागि हकप्रद ल्याउने तयारी गरेको हो । प्रभु र महालक्ष्मी लाइफबीच मर्जरपछि बाँकी पुँजी कायम गर्न कम्पनीले हकप्रदको बाटो रोजेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रहेको छट । अनुमति मागेको ७३ करोड ३ लाख २० हजार रुपैयाँ हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब क२ करोड ६३ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।