कृषि विकास बैंकको सत्रौं वार्षिक साधारण सभा सम्पन्न

0
Shares

कृषि विकास बैंकको सत्रौं वार्षिक साधारण सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा फागुन ३० गते सम्पन्न भएको छ । सत्रौं बार्षिक साधरणसभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो ।

बुधबार सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७९–८०को वासलात, नाफा नोक्सान हिसाब लगायतको वित्तीय विवरणहरु स्वीकृत गरेको छ । उक्त साधरण सभामा बक्ताको रुपमा भाग लिनु भएका सेयरधनीहरुले उठाएका जिज्ञासका सम्बन्धमा अध्यक्ष पुडासैनीले स्पष्ट पार्नुका साथै सेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

साधरणसभामा सेयरधनीहरुका अलवा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक सञ्चालक समितिका सदस्यहरु महेश आचार्य, डा.राजेन्द्र प्रसाद मिश्र, गोविन्द प्रसाद भट्टराई, सञ्जिव पौडेल, विनोद कुमार गुरागाँई र श्रीमति रीता सुवेदीको उपस्थिति थियो ।

कृषि विकास बैंकले बृहत कार्य सञ्जालद्धारा आफ्ना वस्तु÷सेवाहरुलाई देशका अति दुर्गमदेखि सुगम ठाउँहरुमा २८२ वटा शाखाहरु मार्फत आधुनिक बैकिङ्ग सेवा पु¥याउन सफल भएको छ । बैंक नेपालका वाणिज्य बैंकहरु मध्ये कृषिमा सबै भन्दा बढी लगानी गरेको बैंक समेत हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।