सात निर्जीवन बीमा कम्पनीले दिए लाभांश, चारले बनाए सेयधरनीको हात खाली

सात निर्जीवन बीमा कम्पनीले दिए लाभांश, चारले बनाए सेयधरनीको हात खाली

गत आर्थिक वर्ष २०७९–८० बाट नेप्सेमा सूचीकृत १२ ओटा निर्जीवन बीमा कम्पनीहरुमध्ये ७ ओटाले मात्र सेयरधनीलाई लाभांश दिएका छन् । चार कम्पनीले सेयरधनीको हात खाली बनाएका छन् ।

हालसम्म हिमालयन एभरेष्ट, सिद्धार्थ प्रिमियर, युनाइटेड अजोड, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले लाभांश दिएका छन् । गत आर्थिक वर्षबाट लाभांश वितरण नगर्ने कम्पनीहरुमा नेको इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल, सानिमा जीआईसी र शिखर इन्स्योरेन्स रहेका छन् । गत आवबाट आशातित कम्पनीहरुले नै सेयरधनीको हात खाली बनाएका हुन् ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले हालसम्म लाभांश घोषणा गरेको छैन । सरकारी पारमा सञ्चालन हुँदै आएको उक्त कम्पनीले लामो समयदेखि लेखापरीक्षण कार्य नियमित गर्न नसक्दा १७ वर्ष यता कम्पनीका सेयरधनीले लाभांश पाएका छैन । कम्पनीले आर्थिक वर्ष २०६२–६३ बाट चुक्ता पुँजीको ११४.२७ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी १२०.२७ प्रतिशत लाभांश वितरण गरेको थियो । संस्थागत सुशासन कमजोर रहेको उक्त कम्पनीले लाभांश नदिएकै डेढ दशक भएपनि चुक्ता पुँजी २६ करोड मात्र रहेका कारण सेयर मूल्य भने प्रतिकित्ता १४ हजारभन्दा माथि छ । भारतीय लगानी रहेका दि ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स भने नेप्सेमा सूचीकृत छैन ।

गत आर्थिक वर्षबाट हिमालन एभरेष्ट इन्स्योरेन्सले सबैभन्दा धेरै चुक्ता पुँजीको ८.६३ प्रतिशत बोनस र कर प्रयोजन सहित ६.३८ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको छ । यस्तै सद्धार्थ प्रिमियरले चुक्ता पुँजीको ११ प्रतिशत नगद वितरण गरेको छ । युनाइटेड अजोड इन्स्योरेन्सले गत आबाट सेयरधनीलाई चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद गरी कुल १०.८० प्रतिशत लाभांश वितरण दिएको छ । यस्तै नेपाल इन्स्योरेन्सले पनि चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिएर सेयरधनीलाई मख्ख पारेको छ ।

Sector- Non Life Insurance Stock Symbol Bonus Cash Total Bookclose AGM
Himalayan Everest Insurance Limited HEI 8.63 6.38 15.00 Magh 14, Sunday Magh 25, Thusday
Siddhartha Premier Insurance Limited SPIL 0.00 11.00 11.00 Falgun 11, Friday Falgun 30, Wednesday
United Ajod Insurance Limited UAIL 10.26 0.54 10.80 Magh 22,Monday Falgun 6, Sunday
Nepal Insurance  NICL 10.00 0.53 10.53 Mangsir 28, Thusday Poush 13, Friday
NLG Insurance Company  NLG 5.50 0.29 5.79 Magh 25, Thusday Falgun 3, Thusday
Sagarmatha Lumbini Insurance Co. Limited SALICO 0.00 5.00 5.00  - -
Prabhu Insurance  PRIN 4.75 0.25 5.00  - -
Neco Insurance   NIL 0.00 0.00 0.00 Magh 2, Tuesday Magh 12, Friday
IGI Prudential insurance Limited IGI 0.00 0.00 0.00 Fagun 10, Thusday Fagun 20, Sunday
Sanima GIC Insurance Limited SGIC 0.00 0.00 0.00 Chaitra 15, Thusday Chaitra 29, Thusday
Shikhar Insurance   SICL 0.00 0.00 0.00 Falgun 27,Sunday Chaitra 9, Friday
Rastriya Beema Company Limited RBCL  - - -  - -

 

चार कम्पनीले लाभांश नदिएर सेयरधनीलाई निराश पारेपनि एनएलजी इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले थोरै भएपनि लाभांश दिएका छन् । गत आर्थिक वर्षको मुनाफाबाट एनएलजी इन्स्योरेन्सले चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२९ प्रतिशत नगद गरी कुल ५.७९ प्रतिशत र प्रभु इन्स्योरेन्सले चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले भने चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश दिएको छ ।

लाभांश घोषणा गरेका सगरमाथा लुम्बिनी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले साधारण सभा र बुकक्लोज मिति तोकिसकेका छैन । यसको मतलब यी दुबै कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताले ती कम्पनीको प्रस्तावत लाभांश पाउनेछन् । लाभांश नदिएको शिखरले चैत ९ गते शुक्रबार र सानिमा जीआईसी इन्स्योरेन्सले चैत २९ गते बिहीबार सभा बोलाएको छ । मर्जरपछि बनेको सानिमा जीआईसीले पनि हालसम्म साधारण सभा बोलाएको छैन । राष्ट्रिय बीमा कम्पनीको लाभांश घोषणा तथा साधारण सभा बोलाउने कुनै छाँटकाँट देखिँदैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ चैत २०८०, शुक्रबार १८ : २० बजे