सपोर्ट लघुवित्तको स्थगित साधारण सभा पुनः आह्वान

0
Shares

सपोर्ट लघुवित्त वित्तीय संस्थाले चैत १७ गते शनिबार दुर्गा पार्टी प्यालेस इटहरी सुनसरीमा बिहान ११ बजे नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।  लघुवित्तको चैत ४ गते बसेको सञ्चालक समितिको २१९ औं बैठकको निर्णयानुसार उक्त मितिमा सभा बोलाएको हो । यसअघि पुस २७ गते आह्वान गरेको साधारण सभा गणपुरक संख्या नपुगी स्थगित भएको थियो ।

गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लघुवित्तले सेयरधनीहरुलाई सञ्चित मुनाफाबाट चुक्ता पुँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँको १३ प्रतिशतले हुन आउने १ करोड २३ लाख ८० हजार ९४० रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.६८४२ प्रतिशतले हुन आउने ६ लाख ५१ हजार ६२८ रुपैयाँ ४२ पैसा नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गर्नेछ । साथै वित्तीय संस्थाको जारी र चुक्ता सेयर पुँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँबाट वृद्धी गरी १० करोड ७६ लाख १८ हजार ९४० रुपैयाँ पुर्याउन प्रस्ताव पेश गर्नेछ ।

यस्तै सभामा साथै सपोर्ट लघुवित्त र अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने–गाभिने वा प्राप्ती गर्ने प्राप्ती भई जाने सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न प्रस्ताव पेश गर्ने रहेको छ । सभाले सञ्चालक समितिमा संस्थापक सेयरधनी समूह ४ जना र सर्वसाधारण सेयरधनीबाट १ जना प्रतिनिधित्व गर्ने जम्मा ५ जना सञ्चालक पदको निर्वाचन गर्नेछ ।

सभाले सञ्चालकको दैनिक भ्रमण भत्ता, बैठक भत्ता लगायतका सुविधा तथा वैदेशिक भ्रमण भत्ता संशोधन गर्न प्रस्ताव पेश गर्ने भएकोछ । साथै प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न तथा सोही सम्बन्धमा नियमनकारी निकायहरुबाट भएको निर्देशनलाई समेत समावेश गरी संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।

नवौं वार्षिक साधारण सभा प्रयोजनका लागि लघुवित्तले पुस १६ गते वित्तीय संस्थाको सेयरधनी दर्ता किताब बन्द गरिसकिएको छ । सोहि बमोजिम सेयर रजिष्ट्रार आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौंमा रेकर्ड अद्यावधि भई सेयरधनी दर्ता किताबमा कायम सेयरधनीहरु मात्र उक्त सभामा भाग लिन तथा बोनस सेयर प्राप्त गर्न योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।