झ्यामोलोङ्गमा हाइड्रोपावरले आईपीओ ल्याउने

0
Shares

झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ ।

आईपीओ निष्कासनको प्रस्ताव सहित चैत २४ गते पोखरा–७, कास्कीमा बिहान ११ बजे साधारण सभा डाकेको हो । सभामा कम्पनीले आईपीओ जारी गर्ने सम्बन्धमा छलफल गर्नेछ । कम्पनीले ५१ करोड रुपैयाँबराबरको १०० अंकितदरका ५१ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । यसका लागि कम्पनीले एलएस क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

झ्यामोलोङ्गमा हाइड्रोपावरले माछापुच्छ्रे, गाउँपालीका, कास्की जिल्लामा ३२ मे.वा. क्षमताको करुवा सेती हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । जारी पूँजी २ अर्ब ५५ करोड रुपैयाँ रहेको कम्पनीले करुवा सेती हाइड्रोपावर आयोजना निर्माण कार्य करीब ८५ प्रतिशत सम्पन्न गरिसकेको जनाएको छ । उक्तकम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भएपश्चात यसै आर्थिक वर्ष भित्र विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण योजना समेत कम्पनीको रहेको छ ।

यसैगरी सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत समावेश गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।