एघार जिल्लामा नयाँ सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौला

0
Shares

सरकारले ११ ओटा जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा तथा पदस्थापना गरेको छ । गृह मन्त्रालयको चैत ६ गत मंगलबारको निर्णय अनुसार संखुवासभा, अर्घाखाँची, लमजुङ, ओखलढुंगा, रोल्पा, जाजरकोट, धनुषा, खोटाङ, दार्चुला, तेह्रथुम र ताप्लेजुङमा प्रमुख जिल्ला अधिकारी फेरिएको हो ।

निर्णय अनुसार गृह मन्त्रालयले सह सचिव ध्रुबहादुर खड्कालाई संखुवासभाको प्रमुख जिल्ला अधिकारी, अर्घाखँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्धबहादुर गुरुङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी, जाजरकोटमा ऋषिराज आचार्य र रामराज कडरियालाई धनुषाको प्रमुख जिल्ला अधिकारीका रुपमा पदस्थापन गरिएको छ । यसैगरी शिवकुमार कार्कीलाई खोटाङ, यज्ञराज जोशीलाई दार्चुला, मिना अर्याललाई तेह्रथुम र रवीन्द्र आचार्यलाई ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

यस्तै सरकारले अध्यागमन विभागको महानिर्देशकमा गृह मन्त्रालयका सह सचिव कोषहरि निरौलालाई पठाएको छ । तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङरिुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फागुन ६ गते मुद्दा परेयता विभाग महानिर्देशकविहीन रहेको छ । यसैगरी त्रिभुवन विमास्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाललाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ । अध्यागमन कार्यालयका प्रमुखमा गृह मन्त्रालयका सह सचिव नरबहादुर थापालाई पठाइएको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कमलराज ढकाललाई सहसचिवका रूपमा गृह मन्त्रालयमा सरूवा गरिएको छ । ओखलढुङ्गामा प्रमुख जिल्ला अधिकारी रहेका चेतराज बराललाई कारागार कार्यालयमा जेलरको रुपमा, जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई अध्यागमन विभागमा निर्देशकको रुपमा, जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहलाई गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा विभागमा व.अ.अ., जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी रहेका परमानन्द घिमिरेलाई लमजुङ्गमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा र जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई कैलालीमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय ताज्लेजुङ्गमा प्रमुख जिल्ला अधिकारी रहेका हिरादेवी पौडेललाई गृह मन्त्रालयमा उप सचिवको रुपमा र जिल्ला प्रशासन कार्यालय तेह्रथुमका प्रमुख जिल्ला अधिकारी रहेका कृष्ण पौडेललाई विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा उप सचिवको रुपमा नयाँ जिम्मेवारी तोकेर सरुवा गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।