सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा सुरेशलाल श्रेष्ठ

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा सुरेशलाल श्रेष्ठ

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा सुरेशलाल श्रेष्ठ चयन भएका छन् ।  चैत ५ गते अपरान्ह ४ बजे बसेको कम्पनीको सञ्चालक समितिको २२ औं बैठकले सञ्चालक श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको कम्पनी सचिव सुदर्शन आचार्यले जानकारी दिए ।

यसअघि कम्पनीको वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सुरेशलाल श्रेष्ठ, पवनकुमार अग्रवाल, राहुल अग्रवाल, राजनकृष्ण श्रेष्ठ सञ्चालक निर्वाचित भएका थिए ।

यस्तै, सभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठलाई निर्वाचित गरेको हो । सञ्चालकमा चयन भएका आगामी ४ वर्षसम्म सो पदमा कायम रहने छन् ।

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स दुई कम्पनी १ः१ अनुपातमा मर्जर भएर गते फागुनदेखि एकीकृत कारोबार थालेका हुन् । कम्पनीको चुक्ता पुँजी हाल २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँ छ। फागुन ३० गते सम्पन्न साधारण सभाले कम्पनीले गत आवबाट सेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत नगद दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ चैत २०८०, मंगलबार १४ : ५५ बजे