बलेफी हाइड्रोपावरमा सञ्चालकहरुबीच शक्ति संर्घषको लडाँई चकिएको देखिएको छ । एकपछि अर्को गर्दै कम्पनीमा संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक बनेका सबै सञ्चालक परिवर्तन भएका हुन् ।
दुई सञ्चालकले राजीनामा दिएको दुई दिन नबित्दै कम्पनीका अध्यक्ष उमेश कसजु तथा सञ्चालकहरु सुशिल गुप्ता, शक्ति कुमार गोल्याणले सञ्चालकबाट राजीनामा दिएका हुन् । यसअघि चैत ४ गते दुई व्यवसायी सञ्चालक सन्दीप कुमार शारदा र सुलभ अग्रवालले सञ्चालकबाट राजीनामा दिएका थिए ।
कम्पनी सचिव अस्मिता अधिकारीका अनुसार तीनैजना सञ्चालकको राजीनामा चैत ६ गते बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको छ । उक्त बैठकले रिक्त रहेको कम्पनीको अध्यक्ष पदमा सञ्चालक सञ्जय कुमार शाह तथा अन्य सञ्चालकहरुमा योगेश दारुका र विदुर पूरीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सबै सञ्चालकको नियुक्ती आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गराउने निर्णय समेत बैठकले गरेको छ ।
यससँगै कम्पनीमासंस्थापकतफृबाट सञ्चालक रहेका सबै फेरिएका छन् । नयाँ सञ्चालक समितिमा सञ्जय कुमार शाह अध्यक्ष, संस्थापक सेयरधनीको तर्फबाट राजेन्द्र तिमल्सेना, ऋतेश प्रधान, योगेश दारुका र विदुर पूरी सञ्चालक बनेका छन् । कम्पनीमा सर्वसाधारण सेयरधनीको तर्फबाट सुशान्त प्राधानाङ्ग र स्वतन्त्र सञ्चालकमा प्रकाश काफ्ले छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
