राष्ट्रिय योजना आयोगको सदस्यमा चार जना नियुक्त, चुडामणि पौडेल सचिवमा बढुवा

0
Shares

सरकारले राष्ट्रिय योजना आयोगको रिक्त पदमा चार सदस्य नियुक्त गरेको छ।

बिहीबार बिहान सिहंदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले योजना आयोगको सदस्यमा प्रा संगीता सिंह, डा कुसेन्द्रबहादुर महत, प्रा. शिवराज अधिकारी र डा अरनिकोकुमार पाँडेलाई नियुक्त गर्ने निर्णय गरेको हो।

सत्ता समीकरण बदलिएसँगै नेपाली कांग्रेस र जनमत पार्टीबाट राष्ट्रिय योजनाका सदस्यमा नियुक्त चार सदस्यहरुले राजीनामा दिएका थिए । डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा, डा. अनिता शाह ढुंगाना र डा. जयकान्त राउतले राजीनामा दिएपछि रिक्त पदमा आजको मन्त्रिपरिषद बैठकले नियुक्तिको निर्णय गरेको हो ।

यस्तै बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणि पौडेललाई बढुवा गर्ने निर्णय पनि भएको बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सातजना र नेपाली जना तीनजना गरी दशजना पर्वतारोहीहरुलाई सिन्धुपाल्चोकमा अवस्थित जुगल १ (६५९१ मिटर) र जुगल २ (६५१८ मिटर) हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने निर्णयसमेत गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।