साल्ट ट्रेडिङको बोनस आजसम्म कायम सेयरधनीले मात्रै पाउने

0
Shares

साल्ट ट्रेडिङ कर्पोरेसनले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको बोनस सेयर आज बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्रै पाउने भएका छन् ।

कम्पनीले चैत २३ गते त्रिभूवन आर्मी अफिसर्स क्लब भद्रकालीमा आह्वान गरेको साधारण सभाका लागि भोलि शुक्रबार बुकक्लोज गर्दैछ । यसअनुसार चैत ८ गतेसम्म कायम लगानीकर्ताका मात्र लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।

कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । सभाले हालको चुक्ता पूँजीको १५ प्रतिशतले हुने बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।