ग्रीन डेभलपमेन्टको बोनस सुरक्षित गर्ने आज अन्तिम मौका

0
Shares

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज आज चैत ८ गते बिहीबारअन्तिम मौका हो । यो कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि भोलि चैत ९ गते शुक्रबार बुकक्लोज गर्दैछन् ।

अतः आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

लाभांश पारित गर्न ग्रीन डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा चैत २७ गते बस्दैछ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ३.८० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैंकले २ आर्थिक वर्षको साधारण सभा एकैपटक बोलाएको छ । बैंकले आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को वार्षिक साधारण सभा चैत २७ गते गर्ने भएको हो । साधारण सभा मेजेस्टिक लेक फ्रन्ट एन्ड सुइट पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।

सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने र संस्थापक समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव छ । यता, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पेश हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।