प्रभु क्यापिटलको भिजिट मर्चेन्ट बैंक अभियान

0
Shares

विश्व वित्तीय सप्ताह २०२४ का अवसरमा प्रभु क्यापिटल लिमिटेडले भिजिट मर्चेन्ट बैंक कार्यक्रम गरेको छ ।

खासगरी किशोर तथा युवा–युवतीहरूमा वित्तीय शिक्षाको महत्त्व जागरण गराउने उद्देश्यले ओईसीडीको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म विश्व वित्तीय सप्ताह मनाउने गरिएको छ ।

ग्लोबल मनी विक– २०२४ अन्तर्गत प्रभु क्यापिटलले ग्वार्कोस्थित काठमाडौं कलेज अफ म्यानेजमेन्टका स्नातक अध्ययनरत विद्यार्थीहरूलाई भिजिट मर्चेन्ट बैंक कार्यक्रम गरेको हो । कार्यक्रममा प्रशिक्षकका रूपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा थिए ।

कार्यक्रममा विद्यार्थीहरूले मर्चेन्ट बैंकले गर्ने कार्य, कार्यशैली, पुँजीबजार, लगानी तथा जोखिमबारे ज्ञान हासिल गरेको बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।