दुई कम्पनीको बोनसमा सेयर मूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ शुक्रबार सेयरधनी दर्ता किता बन्द मिति (बुकक्लोज) तोकेका साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंकको बोनस समायोजन गरी नयाँ भाउ तोकिएको हो ।

साल्ट ट्रेडिङले प्रस्ताव गरेको १५ प्रतिशत बोनसपछि प्रतिकित्ता सेयर मूल्य ४ हजार ५६२ रुपैयाँ ६१ पैसा र ग्रीन डेभलपमेन्ट बैंकको ३.८० प्रतिशत बोनसपछि प्रतिकित्ता सेयर मूल्य ३६२ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ ।

बिहीबाार साल्ट ट्रेडिङको अन्तिम मूल्य ५ हजार २४७ रुपैयाँ र ग्रीन डेभलपमेन्ट बैंकको ३७६ रुपैयाँ ३० पैसा थियो । उक्त अन्तिम मूल्यमा प्रस्तावित बोनस समायोजन गरी नयाँ भाउ तोकिएको हो ।

बोनस समायोजन भएका दुबै कम्पनीको धितोपत्रको कारोबार सोमबार समायोजन पश्चात निर्धारण भएको मूल्यलाई आधार मानेर खुल्नेछ । आइतबार फागु पूर्णिमाको सार्वजनिक विदा रहेकाले सेयर बजार बन्द रहनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।