रिभर फल्स पावर लिमिटेडले शतप्रतिशत हकप्रद बेच्ने

0
Shares

रिभर फल्स पावर लिमिटेडले विद्यमान सेयरधनीलाई शतप्रतिशत हकप्रद बेच्ने भएको छ । कम्पनीले बैंक ऋण भुक्तानी गर्नका लागि हाल कायम चुक्ता पुँजी बराबरको रकम सेयरधनीबाट उठाउने भएको हो ।

कम्पनी सचिव राम कृष्ण बन्जाराका अनुसार २०८० चैत्र ८ गते बिहीबार दिउँसो साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने निर्णय गरेको हो ।

बैंक ऋण भुक्तानी गर्नका लागी हाल कायम रहेको पुँजी बराबरको हकप्रद जारी गर्न नियामक विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिएर आगामी साधारण सभामा पेश गर्ने निर्णय बैठकले गरेको हो ।

हाल रिभर फल्स पावरको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । प्रस्तावित हकप्रदपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । दोस्रो त्रैमाससम्म ३ करोड ३६ लाख नोक्सानी ब्यहोरेको उक्त कम्पनीको कम्पनीको जगेडा कोष साढे ९ करोड ऋणात्मक छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।