सर्वोत्तम सिमेन्टको सेयर मूल्य प्रतिकित्ता ८१३.८० रुपैयाँ पुग्यो, लगातार चौथो पोजेटिभ सर्किट

0
Shares

सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा लगातार चौथो दिन पोजेटिभ सर्किट लागेको छ। सोमबार पनि कारोबार खुलेको केही समयमा नै सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८१३ रुपैयाँ ८० पैसा पुगेको छ ।

कम्पनीको सेयर दोस्रो बजारमा चैत ६ गतेदेखि कारोबारमा आएको हो । पहिलो कारोबार ५५६ रुपैयाँमा भएको थियो ।

कम्पनीले बुक बिल्डिङ मार्फत प्रति कित्ता ३६०.९० का दरले आइपीओ बिक्री गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।