आयरल्यान्ड विरुद्धको दोस्रो खेलमा नेपालले ब्याटिङ रोज्यो, टोलीमा दुई परिवर्तन

0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध दोस्रो खेलमा टस जितेको छ । कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका छन ।

नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । विवेक यादव र अनिल शाह टोलीमा आउँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी बेन्चमा छन् ।

यस अघि सोमबार सम्पन्न पहिलो खेलमा नेपालले आयरल्याण्ड वुल्भसलाई ६ विकेटले पराजित गरेको थियो। नेपाल २ खेलको सिरिज जित्ने लक्ष्यमा हुनेछ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा,

बेन्च : आकाश चन्द, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, प्रतिश जिसी

यो सिरिजपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी-२० फ्रेन्डसिप कप खेल्दै छ।

नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल्न लागेको हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।