सानिमा रिलायन्स लाइफमा रोजगारीको अवसर

0
Shares

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडमा रोनगारीको अवसर खुला भएको छ । कम्पनीले विभिन्न १३ शाखाका लागि शाखा प्रमुख माग गरेको हो ।

कम्पनीले चार प्रदेशका विभिन्न १३ शाखा कार्यालयका लागि कर्मचारी ( शाखा प्रमुख) माग गरेको हो । कम्पनीले कोशी प्रदेशका भोजपुर, विराटनगर, खाँदबारी, ओखलढुङ्गा शाखाका लागि कर्मचारी माग गरेको हो । यस्तै बागमती प्रदेशको बत्तीसपुतली, महाराजगञ्ज, चनौली, कालिमाटी, फर्पिङ्ग शाखाका लागि पनि शाखा प्रमुख माग गरेको छ ।

मधेश प्रदेशमा बाराको जीतपूर तथा लुम्बिनी प्रदेशको बर्दघाट र रामपुर (पाल्पा) शाखाक कार्यालयका लागि समेत शाखा प्रमुखको आवश्यकता रहेको कम्पनीले जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सक्नेछन् । योग्यता पुगेका आवेदकहरुले आफू कार्य गर्न इच्छुक शाखा उल्लेख गरी आफ्नो आवेदन र व्यक्तिगत विवरण (बायोडाटा) सहित ७ दिनभित्र इमेल ठेगाना [email protected] मा पठाउन सक्नेछन् ।

उक्त पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तहसम्म पूरा गरेको हुनुपर्ने र दक्ष तथा अनुभवी उम्मेदवारलाई बढी प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा बजार प्रवर्धन सम्बन्धी कार्यानुभव भएका आवेदकहरुलाई प्राथमिकता दिइने कम्पनीले जनाएको हो ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानमा १७५ शाखा तथा उपशाखा मार्फत ग्राहकहरुलाई उत्कृष्ट जीवन बीमा योजना तथा सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।