एक इन्स्योरेन्स कम्पनीको नगद लाभांश वितरण

0
Shares

नेप्सेमा सूचीकृत भएको एक इन्स्योेरेन्स कम्पनीको नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नगद लाभांश वितरण भएको हो ।

चैत्र ७ गतेदेखि सम्बन्धित सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिएको कम्पनीले जानकारी दिएको छ । सिद्धार्थ प्रिमियरको गत फागुन ३० गते सम्पन्न ३० औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश पारित भएको थियो । उक्त लाभांश फागुन १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र पाउनेछन् । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि फागुन ११ गते बुकक्लोज गरेको थियो ।

साथै कम्पनीले हालसम्म डिम्याट खाता खोलेर सेयर अभौतिकीकरण नगराएका सेयरधनीलाई डिम्याट खाता खोलेर सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । यसरी सेयर अभौतिकीकरण गरी डिम्याट खातामा बैंक खाता विवरण अद्यावधिक गराएपछि मात्र बैंक खातामा सोझै नगद लाभांश जम्मा गरिने कम्पनीले बताएको छ ।

कम्पनीको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।