डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको छ । डिप्रोक्स लघुवित्तले घोषणा गरेको १० प्रतिशत बोनस सेयरमा आज मूल्य समायोजन गरिएको हो ।
लघुवित्तले साधारण सभा तथा लाभांश वितरणका लागि भोलि चैत १५ गते बिहीबार सेयर दाखिल खारेजी (बुकक्लोज) गर्दैछ । सोही अनुसार बुधबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र लाभांश प्राप्त गर्न र कम्पनीको आगामी वार्षिक साधारण सभामा भाग लिन पाउनेछन् ।
नेप्सेले बुधबार कारोबार भएको अन्तिम मूल्य ७९७ रुपैयाँ ७० पैसाका आधारमा प्रस्तावित १० प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता ७२५ रुपैयाँ १८ पैसा मूल्य तोकेको छ । सोही अनुसार अब बिहीबार डिप्रोक्सको कारोबार यहि मूल्यलाई आधार मानेर खुल्नेछ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
