नेको इन्स्योरेन्सले हकप्रद निष्कासनको माग गर्दै सेबोनमा दियो निवेदन

0
Shares

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ ।

नेकोले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद जारी गर्न सेबोनसँग अनुमति माग्दै चैत ६ गते मंगलबार निवेदन दिएको सेबोनले जनाएको छ । जसअनुसार कम्पनीले १ बराबर २.५ कित्ता अनुपातमा ५० लाख ३० हजार ९०१ दशमलव ५५ कित्ता हकप्रद निष्कासन गर्नेछ ।

हाल नेको इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँ रहेको छ । यस आधारमा कम्पनीले चुक्ता पुँजीको २५ प्रतिशतले हुने १०० अंकित दरमा ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने छ ।

हाल नेको इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँ रहेको छ । यस आधारमा कम्पनीले चुक्ता पुँजीको २५ प्रतिशतले हुने १०० अंकित दरमा ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने छ । हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार ७७३ रुपैयाँ पुग्नेछ । बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम २ अर्ब ५० करोड चुक्ता पुँजी कायम गर्न निर्देशन दिएपछि कम्पनीले हकप्रद मार्फत उक्त पुँजी कायम गर्न लागेको हो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।