किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा

0
Shares

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले दुई संस्थापक सेयरधनीको १३ हजार ९९४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यस सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।इच्छुक संस्थापक सेयरधनीहरुले कैलालाी लम्किचुहामा रहेको केन्द्रीय कार्यालय वा काठमाण्डौ बुढानिलकण्ठमा रहेको कर्पोरेट कार्यालयमा आवश्यक कागजातसहित लिखित निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने लघुवित्त कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।