स्ट्याण्डर्ड चार्टर्ड बैंकले लगातार पाँचौंपटक पायो त्रिपल ए रेटिङ

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले पाँचौं पटक त्रिपल ए रेटिङ पाएको छ । इक्रा नेपालले बैंकलाई लगातार पाँचौं वर्ष पनि बैंकलाई ‘इक्राएनपी-आईआर त्रिपल ए’ को रेटिङ पुनः पुष्टि गरिदिएको हो ।

यो रेटिङले बैंकले समयमै वित्तीय दायित्वहरु पुरा गर्न सक्ने र कम्पनी उच्चतम स्तरको सुरक्षित रहेको बुझाउँछ । इक्रा नेपालले बैंकका विभिन्न वित्तीय सूचकलाई आधारमानेर उक्त उच्च स्तरको रेटिङ दिएको बताएको छ ।

जसमा बैंकको सीआरएआर, निष्कृय कर्जा (एनपीएल) लगायतका विभिन्न वित्तीय सूचकहरु छन् । हाल स्ट्याण्डर्ड चार्टर्ड बैंकको एनपीएल १.६० प्रतिशत मात्रै छ । जुन अन्य वाणिज्य बैंकको तुलनामा सबैभन्दा कम हो । हाल अन्य वाणिज्य बैंकहरुको औषत एनपीएल नै ३.६३ प्रतिशत रहेको छ ।

साथै, बैंकको वित्तीय अवस्था पनि अन्य बैंकको तुलनामा बलियो, सुरक्षित र वित्तीय सबलतामा अब्बल रहेको इक्रा नेपालको दाबी छ ।

लगातार पाँच वर्षसम्म त्रिपल रेटिङको पुनः पुष्टि पाएसँगै स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तिदारले यसले बैंक तथा बैंकका सबै सरोकारवालाहरुप्रतिको प्रतिबद्धताको बलियो प्रमाणीकरण रहेको बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।