नारायणी डेभलपमेन्ट बैंकले बिना लाभांश आगामी वैशाख १८ गते बैंकको २२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको चैत १५ गते सम्पन्न बैठकले सभा डाकेको हो ।
सभा होटल स्टार चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ । गत आर्थिक वर्ष २०७९–८० बाट बैंकले लगानीकर्तालाई कुनैपनि लाभांश नदिने भएको छ । सभामा लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव राखिएको छैन ।
सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेस हुनेछ भने सञ्चालक पनि चयन गर्ने भएको छ ।
त्यसैगरी, सभामा बैंकले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि सभामा पेस गर्नेछ । साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्नुका साथै बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने एजेन्डा छ ।
साधारण सभा प्रयोपनका लागि बैंकले बैशाख १० गते बुकक्लोज गर्ने भएको छ ।बुकक्लोज अनुसार बैशाख ९ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ता मात्र सभामा भाग लिन पाउनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
