सिद्धार्थ बैंक र आइएफसीबीच सम्झौता

0
Shares

सिद्धार्थ बैंक लिमिटेड र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी)बीचजोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायु वित्त क्षेत्रहरूमा क्षमता अभिवृद्धि गर्न सम्झौता भएको छ।

सम्झौता पश्चात्‌ उल्लेखित क्षेत्रहरूमा बैंकको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय असल अभ्यास अनुशरण गरी बैंकलाई अझ बढी सुदृढ एवं सबल बनाई आफ्ना लक्ष्यहरू हासिल गर्न थप टेवा पुग्ने विश्वास लिइएको बैंकले जनाएको छ।

केही समयअघि पनि सिद्धार्थ बैंक र आइएफसीबीच नेपालका लघु, साना तथा मझौला उद्यमीहरूको व्यवसायमा र जलवायु वित्तपोषण (क्लाइमेट फाइनान्सिङ) मा लगानी गर्ने सम्झौता भएको थियो । जसअन्तर्गत आइएफसीले बैंकलाई ५ करोड ५० लाख अमेरिकी डलर ऋण प्रदान गरेको थियो ।

आइएफसीको ग्लोबल ट्रेड फाइनान्स कार्यक्रम सदस्य पनि रहेको सिद्धार्थ बैंक आइएफसीद्वारा आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा ‘बेस्ट अप्रेशन्स बैंक इन साउथ एसिया २०२१’ अवार्डबाट पनि सम्मानित भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।