सेयर बजारमा ४५% ले घट्यो कारोबार रकम, यस्तो छ साप्ताहिक समीक्षा

0
Shares

सेयर बजार परिसूचक मापक नेप्से यो साता १२.९३ अंकले घट्दा कारोबार रकम ४५.०७ प्रतिशतले ओरालो लागेको छ ।  नेप्सेका अनुसार गत बिहीबार २०४८.५७ बिन्दुमा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्स) परिसूचक घटेर २०३५.६४ बिन्दुमा कायम रहेको छ ।

यो साताको कारोबार रकम पनि ७ अर्ब ९८ करोड ४५ लाख रुपैयाँले घटेर ९ अर्ब ७३ करोड २३ लाख २ हजारमा खुम्चिएको छ । गत साता १७ अर्ब ७१ करोड ६८ लाख ५६ हजारको सेयर खरिद बिक्री भएको थियो । गत साता पाँच दिन सेयर कारोबार भएकोमा यो साता आइतबार फागू पूर्णिमाको सार्वजनिक विदा रहेका कारण सेयर कारोबार भएन ।

पहिलो दिन सोमबार नै नेप्से परिसूचक १७.०१ अंकले घटेर सुरुवात भएकोमा मंगलबार १०.१४ अंकले बढकेो थियो । बुधबार १०.८३ अंकले घटेको बजारमा बिहीबार ४.७८ अंकको झिनो वृद्धि देखा पर्यो । यो साता पुँजी बजारमा २ करोड ६५ लाख ६४ हजार ८७० कित्ता सेयर कारोबार भएको छ । जुन ५०.२०% कम हो । गत साता ५ करोड ३३ लाख ४२ हजार कित्ता कारोबार भएको थियो ।

कारोबारमा आएका १३ मध्ये ४ ओटा उपसमुहगत सूचक बढेको छ भने ९ ओटा घटेको छ । उत्पादनमुलक सर्वाधिक ७.८४ प्रतिशतले बढेको यो साताको बजारमा लघुवित्त सर्वाधिक ३ प्रतिशतले घटेको हो ।

यो साताको बजारमा सर्वोत्तम सिमेन्टको मूल्य मात्रै ४६.३३ प्रतिशत बढेर १०८२ रुपैयाँ ७० पैसा पुगेको छ । यस्तै पिपुल्स पावरको २५.६०, रिभर फल्स पावरको १९.४२, दोल्ती पावरको १७.४०, हिमालयन हाइड्रोपावरको १४.९१, अपर लोहोरेखोलाको १२.०६, थ्रीस्टार हाइड्रोपावरको ११.०२, बोटलर्स नेपालको १०.१४, सामलिङ्ग पावको ९.०७ प्रतिशत र मेन्छियम हाइड्रोका लगानीकर्ताले ८.९० प्रतिशतका दरले कमाएका छन् ।

उता यो साता किसान लघुवित्तका लगानीकर्ताले सर्वाधिक १३.३३ प्रतिशतले गुमाएसँगै प्रतिकित्ता सेयर मूल्य ८८४ रुपैयाँमा झरेको छ । यस्तै उन्नति सहकार्य लघुवित्त, डिप्रोक्स लघुवित्त ११.२६, बुद्धभुमि नेपाल हाइड्रोपावर १०.०१, श्रृजनशिल लघुवित्त ९.७५, कालिका लघुवित्त ७.६४, गुराँस लघुवित्त ७.५७, धौलागिरी लघुवित्त ७.०६, आत्मनिर्भर लघुवित्त ६.९० र कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.६५ प्रतिशतले ओरालो लागेको छ ।

यो साता गोर्खाज फाइनान्सको सर्वाधिक ५९ करोड ८ लाख रुपैयाँ बढीको धितोपत्र खरिद बिक्री भएको छ । यस्तै शिवम् सिमेन्ट ४८ करोड २१ लाख, सोनापुर मिनरल्सको ३५ करोड २२ लाख, सर्वोत्तम सिमेन्टको २६ करोड ३८ लाख, हिमालयन रि इन्स्योरेन्सको २३ करोड ७१ लाख, जोशी हाइड्रोपावरको २३ करोड ५१ लाख, पिपुल्स पावरको १९ करोड २ लाख, घोराही सिमेन्टको १७ करोड १ लाख, अपर तामाकोशीको १४ करोड ९६ लाख र रिभर फल्स पावरको १३ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण ३२ खर्ब २७ अर्ब ७५ करोड ९७ लाख रुपैयाँमा समेटिएको छ । गत साता ३२ खर्ब ४८ अर्ब २७ करोड ७३ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा ०.६३% अर्थात २० अर्ब ५१ करोड ७६ लाख रुपैयाँले कुल बजार पुँजीकरण घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।