एनआईसी एशिया क्यापिटलद्वारा भिकेवाईसी सेवा सञ्चालन

0
Shares

एनआईसी एशिया क्यापिटलले भिडियो केवाईसी (भिकेवाईसी) सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले “एनआईसी एशिया अनलाईन डिम्याट सेवा” अन्तर्गत डिम्याट खाता खोलेका ग्राहकहरुले भिडियो केवाइसी मार्फत प्रमाणिकरण गर्न सकिने व्यवस्था मिलाइएको हो ।

क्यापिटलले आफ्नो सम्पूर्ण सेवाहरुलाई प्रविधिको प्रयोग गरी सहज, सर्व सुलभ र झनझट रहित रुपमा डिजिटलाइजड् माध्यमबाट आम ग्राहकरुलाई सेवा प्रदान गर्ने मुख्य रणनीति भए अनुसार उक्त सेवा सञ्चालनमा ल्याएको हो । यसअघि नै क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरु अनलाईन तथा विद्युतीय माध्यमबाट लिन मिल्ने भैसककेको छ ।

कसरी गर्ने भिकेवाईसी ?

क्यापिटलले सञ्चालनमा ल्याएको भिडियो केवाइसी विदेशमा रहेका नेपाली तथा नेपालबाटै “एनआईसी एशिया अनलाईन डिम्याट सेवा” मार्फत डिम्याट खाता खोली प्रमाणिकरण गर्न बाँकी रहेका ग्राहकहरुले गर्न सक्नेछन् । उनीहरुले डिम्याट खाता खोल्दा उल्लेख गरेको इमेल ठेगानामा क्यापिटलले पठाएको लिङ्क क्लिक गरी उक्त इमेलमा माग गरिए बमोजिमको विवरण रीतपूर्वक भरी भिडियो केवाइसी गर्न सक्नेछन् । भिडियो केवाइसी गर्दा डिम्याट खातावालाको विवरण डिम्याट खाता खोल्ने समयमा उपलब्ध गराएको विवरणसँग रुजु गरेर मात्र केवाइसी स्वीकृत गरिने छ ।

साथै प्रमाणिकरण गर्न बाँकी रहेका र क्यापिटलबाट भिडियो केवाइसी गर्नको लागि लिङ्क प्राप्त नभएमा अथवा भिडियो केवाइसी सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोवाईल नम्बरहरुमा सोझै सम्पर्क गर्न सकिने जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।