महालेखापरीक्षकमा राया सफारिस

0
Shares

महालेखापरीक्षकमा तोयम राया सिफारिस भएका छन।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गरेको हो ।

संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गर्ने निर्णय गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए।

महालेखापरीक्षकमा सिफारिस भएका राया राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव हुन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।