सपोर्ट लघुवित्तको अध्यक्षमा महेश कुमार पोखरेल

0
Shares

सपोर्ट लघुवित्तको अध्यक्षमा महेश कुमार पोखरेल चयन भएका छन् ।

लघुवित्तको २०८० चैत १७ गते शनिबार अपरान्ह ३ः३० बजे बसेको सञ्चालक समितिको २२१ औं बैठक निर्णय बमोजिम महेश कुमार पोखरेललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो ।

यस्तै संस्थापक समूहबाट अन्य सञ्चालकहरुमा पुनित कुमार सारडा, सुमित अधिकारी र होम शंकर दाहाल रहेका छन् । यस्तै सर्वसाधारण समूहबाट तारा देवी भट्टराई र दिव्य प्रसाद कोइराला तथा स्वतन्त्र सञ्चालकमा गोविन्द लाल कर्ण रहेका छन् ।

वित्तीय संस्थाको २०८० चैत १७ गते शनिबार सम्पन्न भएको नवौं वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनी तर्फ रिक्त रहेको ४ सञ्चालक पदमा महेश कुमार पोखरेल, पुनित कुमार सारडा, सुमित अधिकारी र होम शंकर दाहाल तथा सर्वसाधारण सेयरधनीतर्फ रिक्त रहेको १ सञ्चालक पदमा दिव्य प्रसाद कोइराला निर्विरोध निर्वाचित भएका थिए ।

निर्वाचित सञ्चालकहरूलाई चैत १७ गतेदेखि नै सञ्चालक पदमा पद बहाली भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।