एलएस क्यापिटलले नयाँ बानेश्वरबाट दिँदै आएको मर्चेन्ट बैंकिङ्ग सेवा अब कमलपोखरीबाट दिने

एलएस क्यापिटलले नयाँ बानेश्वरबाट दिँदै आएको मर्चेन्ट बैंकिङ्ग सेवा अब कमलपोखरीबाट दिने

लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) ले नयाँ बानेश्वर, काठमाण्डौंबाट दिँदै आएको मर्चेन्ट बैंकिङ्ग (निक्षेप सदस्य तथा सेयर रजिष्ट्रार) सम्बन्धि सेवाहरु अब काठमाण्डौं महानगरपालिका वडा नम्बर १, कमलपोखरीस्थित क्यापिटलको कार्यालयबाट उपलब्ध गराउने भएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै चैत १९ गते सोमबारदेखि कमलपोखरीस्थित क्यापिटलको कार्यालयबाट निक्षेप सदस्य, सेयर रजिष्ट्रार लगायतका मर्चेन्ट बैकिङ्ग सम्बन्धी सम्पूर्ण सुविधा उपलब्ध हुने जानकारी दिएको हो ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड तथा सनराइज क्यापिटल लिमिटेड मर्जर (गाभ्ने–गाभिने) भई गत पुस २३ गतेदेखि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गरेका थिए ।

कम्पनी रजिष्ट्रारबाट स्वीकृती प्राप्त भई एकीकृत कारोबार सम्पन्न भए पश्चात साबिक लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर काठमाण्डौंबाट तथा साबिक सनराईज क्यापिटल लिमिटेड कमलपोखरी काठमाण्डौबाट निक्षेप सदस्य, सेयर रजिष्ट्रार लगायतका मर्चेन्ट बैकिङ्ग सम्बन्धी कार्य प्रदान हुँदै आइरहेको थियो । अब उप्रान्त भने साबिक लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर काठमाण्डौंबाट हुँदै आएको मर्चेन्ट बैकिङ्ग सम्बन्धी सेवा पनि कमलपोखरी काठमाण्डौबाट उपलब्ध हुने भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १९ चैत २०८०, सोमबार १५ : ४२ बजे