सेवाग्राहीसँग १५ हजार घुस लिने लेखापाल विरुद्ध भ्रष्टाचार मुद्दा

0
Shares

वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध १५ हजार रुपैयाँ घुस लिएको भन्दै भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता नरहरि घिमिरेका अनुसार निरौलाले धरौटी रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग सो रकम माग गरी लिएको पुष्टि भएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर भए बमोजिम जरिवाना हुन मागदाबी लिइ विशेष अदालत काठमाडौंमा सोमबार आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।