लघुवित्तमा चमक आउँदा मंगलबार यी कम्पनीका लगानीकर्ताले कमाए

0
Shares

मंगलबार बजार घटेपनि यसदिन लघुवित्तका सेयररमा लगानी गरेकाले भने नाफा आर्जन गरेका छन् ।आजको बजारमा गुराँस लघुवित्तको सेयरमा लगानी गरेकाले सर्वाधिक नाफा आर्जन गरेका छन् । लघुवित्तको सेयर मूल्य १० प्रतिशत अर्थात १४८ रुपैयाँ ५० पैसाले बढेर प्रतिकित्ता १६३३.५० रुपैयाँ पुगेको छ ।

यस्तै गणपति लघुवित्तको सेयर मूल्य पनि ९.९५ प्रतिशत अर्थात ९७ रुपैयाँले बढेर १०७२, उपकार लघुवित्तको सेयरको भाउ ८.६४ प्रतिशत अर्थात १०५ रुपैयाँले बढेर १३२० रुपैयाँ,वीन लघुवित्तको ६.९४ प्रतिशत अर्थात ८२ रुपैयाँ ७० पैसाले बढेर १२७४ रुपैयाँ र स्वाभिमान लघुवित्तको ६.५० प्रतिशत अर्थात ७१ रुपैयाँ १० पैसाले बढेर ११६५ रुपैयाँ पुगेको छ ।

साथै आज किसान लघुवित्तको सेयरधनीले ६.१९ प्रतिशत अर्थात ५२ रुपैयाँले नाफा कमाएका छन् । यसस्ँगै लघुवित्तको सेयर प्रतिकित्ता ८९२ रुपैयाँ पुगेको छ । जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य ६.११ प्रतिशत अर्थात ५९ रुपैयाँ, ९० पैसाले बढेर १०४० रुपैयाँ पुग्दा पिपुल्स पावर लिमिटेडको सेयरको भाउ पनि ६.०७ प्रतिशत अर्थात ३४ रुपैयाँले बढेर ५९४ रुपैयाँ पुगेको छ । आजको बजारमा नेष्डो समृद्ध लघुवित्तको ५.०८ प्रतिशत अर्थात ८४ रुपैयाँ ९० पैसाले बढेर १७५५ रुपैयाँ पुगेको छ भने सपोर्ट लघुवित्तको सेयरमा लगानी गरेकाले पनि आज ५.०२ प्रतिशत अर्थात ५९रुपैयाँले नाफा कमाएका छन् । यससँगै लघुवित्तको प्रतिकित्ता मूल्य १२३५ रुपैयाँ पुगेको छ ।

सुस्त बजारमा लघुवित्तको सेयरमा लगानीकर्ताको आकर्षण

उता आजको बजारमा ज्योति विकास बैंक बन्ड २०८७ को मूल्य सर्वाधिक ७.५० प्रतिशतले घटेको छ । यसैगरी मनकामना इञ्जिनियरिङ्ग हाइड्रोपावरको ५.२८ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको ४.९४ प्रतिशत, मायाखोला हाइड्रोपावरको ४.२६ प्रतिशत र चिरख्वा हाइड्रोपावरको सेयर मूल्य ४.१९ प्रतिशतले घटेको छ ।

मंगलबार नेप्से १.८५ अंकले घटेर २०१०.२१ बिन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.५३ प्रतिशतले बढ्दा फ्लोट इन्डेक्स ०.१२ ले घटेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स भने ०.१८ अंकले वृद्धि भएको छ। दिनभरमा ३१२ कम्पनीका ६१ लाख बढी कित्ता सेयर २ अर्ब २९ करोड १६ लाखमा खरिद बिक्री भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।