ग्लोबल आइएमई बैंकमा डबल खाता भएका ग्राहकलाई यस्तो सूचना

0
Shares

ग्लोबल आइएमई बैंक लिमिटेडको एक भन्दा बढी खाता तथा डेबिट तथा क्रेडिट कार्ड एवं खाता भएका खातावाला ग्राहकका लागि अत्यन्त जरुरी सूचना जारी गरेको छ ।

बैंकमा स्वदेशी मुद्रामा एकै प्रकृतिको एक भन्दा बढी खाता खोली वा एउटै प्रकारको एक भन्दा बढी डेबिट तथा क्रेडिट कार्ड प्राप्त गरी कारोबार गरिरहेका ग्राहकहरुलाई ७ दिनभित्र आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा गई एक भन्दा बढी कायम रहेको खाता तथा डेबिट एवं क्रेडिट काड बन्द गर्न आग्रह गरेको हो ।

एक साताभित्र त्यस्ता खाताहरु बन्द नगर्ने ग्राहकको एक मात्र खाता कायम गरी बाँकी रहेको अन्य खाताहरु बन्द गर्न बैंक बाध्य हुने र यसबाट भविष्यमा पर्न जाने हानी नोक्सानी प्रति बैंक जिम्मेवार नरहने चेतावनी बैकले दिएको छ । यसरी एकै प्रकृतिका दुई वा सो भन्दा बढी खाताहरु बैंकको निर्णयअनुसार बन्द गरिने वा रोक्का राखिने बैंकले स्पष्ट पारेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी बैंक खाता वा डेबिट तथा क्रेडिट जारी गर्न पाईँदैन । सोही व्यवस्था बमोजिम यअसघि पनि पटक पटक सूचना प्रकाशित गरिएको भन्दै बैंकले हालसम्म पनि दुई वा सोभन्दा बढी खाता भउका केही ग्राहकहरुले खाताहरु बन्द नगरेको जनाएको हो ।

ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै २१ ओटा संस्थासँग मर्जर तथा पप्ती गरेकाले सो बैंकमा मर्जरभन्दा अघि कायम रहका संस्थाको खाता बैंकमा रहेको हुनाले एकै व्यक्तिको एकै प्रकृतिको एकभन्दा धेरै खाता सञ्चालनमा रहेका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।