सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एजीएम चैत २७ मा बस्दै

0
Shares

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले प्रस्तावित लाभांश पारित गर्न चैत २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा उक्त दिन अमृतभोग कालिकास्थान काठमाडौंमा बिहान ११ बजे सुरु हुने छ ।

साधारण सभाले सञ्चालक समितिबाट प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ। साधारण सभाको अन्य एजेन्डाहरुमा सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

साथै सभाले आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । साथै, साभले संस्थापकबाट ४ र सर्वसाधारणबाट २ जना सञ्चालक निर्वाचित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गरिसकेको छ । बुकक्लोज अनुसार चैत १२ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनी मात्र लाभांश पाउन र सभामा प्रतिनिधित्व जनाउन योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।