टेलिकमको आधारभूत टेलिफोन एफटीटीएच प्रविधिमा स्तरोन्नती

टेलिकमको आधारभूत टेलिफोन एफटीटीएच प्रविधिमा स्तरोन्नती

नेपाल टेलिकमले पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन (पीएसटिएन) सेवालाई फाईबर टू दी होम (एफटीटिीएच) प्रविधिमा स्तरोन्नती गरेको छ ।

दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्रपर्ने सम्पूर्ण स्थानहरुमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित सम्पूर्ण आधारभूत टेलिफोन (पीएसटिएन) सेवालाई फाईबर टू दी होम (एफटीटिीएच) प्रविधिमा स्तरोन्नती गरिएको प्रवक्ता हरि ढकालले जानकारी दिए ।

चैत २२ गते दूरसञ्चार कार्यालय सुन्धारामा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कपर प्रविधिको टेलिफोन सेवाको स्वीच अफ गरी यो सेवा बन्द गरेकी हुन् । कपर प्रविधिबाट वितरित टेलिफोन तथा एडिएसएल लाईनहरु पूर्ण रुपमा आधुनिक फाईबर प्रविधिको एफटीटीएच नेटवर्कमा माइग्रेसन कार्य सम्पन्न गरी कपर नेटवर्क बन्द गरिएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथी तथा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले टेलिकम क्षेत्रमा प्रविधि रुपान्तरण आवश्यक रहेकोले त्यसैको निरन्तरता तथा समयको माग अनुरुप पुरानो कपर प्रविधिलाई आधुनिक फाईबर प्रविधिमा रुपान्तरण गरिएकोमा खुशी व्यक्त गरिन् ।

एफटीटिीएच प्रविधिमा माइग्रेसन भईसकेपछि ग्राहकले अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा समेत प्राप्त गर्न सक्ने भएकोले यो सेवा ग्राहकहरुका लागि फलदायी हुने विश्वास कम्पनीको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ चैत २०८०, बिहीबार १८ : १७ बजे