एसबिआई बैंक र न्यूरो अस्पताल विराटनगरबीच छुट सम्झौता

0
Shares

नेपाल एसबिआई बैंक लिमिटेड र न्यूरो कार्डियो एन्ड मल्टिीस्पेसियालिटी हस्पिटल प्रा। लि मिटिेड (न्युरो अस्पताल) बिराटनगर, मोरङबीच छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता बमोजिम अस्पतालले एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्युरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने छ ।

उक्त सम्झौता बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरे तथा अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईबीच सम्पन्न भयो । उक्त सम्झौता बैंक तथा अस्पतालका कर्मचारीको उपस्थितिमा भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।