स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ शाखा धरानमा

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले सुनसरीको धरानमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले धरानको रमाइलोचोक स्थित मुकुमलुङ कम्प्लेक्समा शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाको नेपाल राष्ट्र बैंकका विराटनगर कार्यालयका निर्देशक इन्द्र मैनाली, ब्रिटिश गोरखा सैनिकबाट सेवा निवृत्त मेजर मन बहादुर गुरुङ र बैंकका डेपुटी सीइओ गोरख राणाले संयुक्त रुपमा उद्घाटन गरे ।

सो शाखाले आज आइतबार देखि नै ग्राहकलाईसबै खालका बैंकिङ्ग सेवा दिन थालेको बैंकले जनाएको छ । आज उद्घाटन गरिएको १ हजार ८०० वर्गफुट स्पेश रहेको धरानको नयाँ शाखामा शाखा प्रबन्धक निवेश श्रेष्ठ र कर्मचारीहरूले ग्राहकलाइ स्वागत गरेका थिए । प्रायाेरिटी बैंकिंग ग्राहकहरुको लागि छुट्टै बैठक कोठा र प्रतीक्षा लाउन्ज सहित शाखामा पार्किङका लागि पर्याप्त ठाउँ र एटीएम सुविधाका छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको विश्वव्यापी मापदण्ड अनुसार नयाँ डिजाइनहरू ग्रहण गरेको छ । जसले कर्मचारीहरूलाइ नयाँ तरिकाहरूको काम गर्न लागि सुविधा प्रदान गर्नेछ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) गोरख राणाले द्रुत रूपमा बजार बढिरहेको धरानमा बैंकको शाखा उद्घाटन गर्न पाउँदा खुसी लागेको बताउँदै ग्राहकहरूमाझ बैंकको उपस्थितिलाई अझ बलियो बनाउने योजना रहेको उल्लेख गरे ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको उद्देश्य वाणिज्य र समृद्धिलाई अगाडि बढाउन र देशको दीर्घकालीन आर्थिक वृद्धिमा योगदान पुर्‍याउने भन्दै उनले देशका अन्य भागहरूमा पनि बैंकको शाखा विस्तार पुग्ने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।