
नेपाल प्रहरीले बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ गरेको छ । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसुर मुद्दामा फरार वर्ष ५४ का कोमल बहादुर मगरलाई पक्राउ गरेको हो ।
कार्यालयबाट खटि गएको प्रहरी टोलीले चैत २५ गते जिल्ला काठमाण्डौ महानगरपालिका वडा ३१ नयाँ बानेश्वर निजामती कर्मचारी अस्पतालबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी बृत्त सिंहदरवार अनामनगर पठाईएको प्रहरी उपरीक्षक तथा सुचना अधिकारी रविन्द्र रेग्मीले जानकारी दिए ।
मगर लाई पक्राउ गर्न काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौबाट २०८० फागुन ८ गते पक्राउ अनुमति प्राप्त भएको थियो । त्यसयता उनी फरार रहँदै आएका थिए । रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर ३ घर भई भएका मगर ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ८ लुभु बदै आएका थिए ।
यस्तै कार्यालयले बेरोजगार युवायुवतीहरुलाई वैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी १२ लाख ९५ हजार ठगी गर्ने दुई जनालाई आइतबार नै पक्राउ गरेको छ । प्रहरीले दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर ५ का राजकुमार दाहाल र वडा नम्बर ३ का कृष्ण प्रसाद दाहाललाई पक्राउ गरेको हो । उनीहरुलाई विष्णु थापा र नन्द राईको जाहेरीका आधारमा पक्राउ गरिएको हो ।
राजकुमार दाहालले कम्बोडिया पठाइदिन्छुभनी वष्णु थापाबाट २ लाख र कृष्ण प्रसाद दाहालले बेलायत (यूके) पठाइदिन्छु भनी १० लाख ९५ हजार रुपैयाँ ठगी गरेका थिए ।
वैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरुबाट रकम लिए पश्चात विदेश नपठाई निजहरु सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
