प्रभु बैंकद्वारा कागबेनी मन्दिर श्राद्धस्थल व्यबस्थापन समितिलाई क्यूआर स्ट्याण्ड प्रदान

0
Shares

प्रभु बैंक लिमिटेडले ‘कागबेनी मन्दिर श्राद्धस्थल व्यबस्थापन समिति’लाई क्यूआर स्ट्याण्ड उपलब्ध गराएको छ । बैंकले नगदरहित भुक्तानी प्रणालीमा जोड दिन र भक्तजनहरुको सहजीकरणका तथा सुबिधाका लागि उक्त क्यूआर स्ट्याण्ड उपलब्ध गराएको हो ।

कागबेनीमा बहुचर्चित धार्मिक स्थल कागबेनीमा बिशेष गरी बडा दसैँ र चैते दसैँ अघिको सोह्र श्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट करिब ११ हजार जनाभन्दा बढी भक्तजनहरुको यो क्षेत्रमा आवागमन हुने गरेकोे छ ।

हिमालपारिको जिल्ला मुस्ताङ्गको विभिन्न गाउँपालिकाहरुमा ७ वटा मात्र शाखा कार्यालयमार्फत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराईरहेको प्रभु बैँक, मुस्ताङ्ग जिल्लाको वित्तिय पहुँचका लागि सारथी बनेको मुस्ताङ्गबासीहरुले बताएको बैंकले जनाएको छ ।

मुस्ताङ्ग जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैँकले वित्तिय सेवामात्र नभएर वित्तिय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैँकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।

प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।