नेक्सजेन म्यानेजमेन्टले वैशाख ८ गते युवा नव प्रवर्द्धकहरूको भेला गर्ने

0
Shares

नेक्सजेन म्यानेजमेन्टले काठमाण्डौमा युवा नवप्रवर्द्धकहरूको भेला गर्ने भएको छ ।

कम्पनीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा बानेश्वर स्थित आनन्द भूमि बिजनेस सेन्टरमा वैशाख ८ गते कार्यक्रम आयोजना गर्न लागेको हो ।

युवाहरुलाई देश मै बसेर काम गर्न प्रेरित गर्न र उद्योग व्यवसाय गर्ने वातावरण बनाउने गरि नेक्सजेन म्यानेजमेन्टले युवा नवप्रवर्द्धकहरूको भेला गर्न लागेको जनाएको छ । भेलामा युवाहरूको व्यवसायिक योजनाहरू प्रस्तुत हुने, छलफल गर्ने तथा सम्भाव्य देखिएका परियोजनाहरू स्थापना र सञ्चालनको लागि बैंक वित्तिय संस्थासँग समन्वय गर्ने काम गरिने छ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालि सम्पति व्वस्थापन र व्वसायिक परामर्श दिने गरि खोलिएको कम्पनी हो । गत फागुनबाट मात्र यस कम्पनीले सेवा प्रारम्भ गरेको हो । वैशाख ८ गतेको भेला पछि नेक्सजेनले नियमित रूपमा नव प्रवर्द्धक उध्यमीहरू सँग छलफल गरि उनिहरूलाई देशमै बसेर काम गर्ने गरि कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।