‘१०.२५% ग्लोबल आइएमई लिमिटेड डिबेन्चर २०८०–८१’ को सूचीकरण खारेज

0
Shares

‘१०.२५% ग्लोबल आइएमई लिमिटेड डिबेन्चर २०८०–८१’ को सूचीकरण खारेज भएको छ । अवधि समाप्त भएसँगै नेपाल स्टक एक्सचेञ्जको २०८० चैत २२ गतेको निर्णयानुसार उक्त ऋणपत्रको सूचीकरण खारेज भएको हो ।

नेप्सेका अनुसार ‘१०.२५% ग्लोबल आइएमई लिमिटेड डिबेन्चर २०८०–८१’ २०८० चैत २७ गतेपछि परिपक्क भएको हो । अवधि समाप्त मिति नजिकिएसँगै ग्लोबल आईएमई बैंकले ऋणपत्रको सूचीकरण खारेजी गर्न चैत १८ गते नेप्सेमा निवेदन दिएको थियो । सोही अनुरुवप नेप्सेले ऋणपत्रको सूचीकरण खारेज गरेको हो ।

ग्लोबल आईएमई बैंकले २०७५ फागुन १५ देखि चैत १४ गतेसम्म प्रति सेयर अंकित मूल्य १००० दरको १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता ऋणपत्र जारी गरेको थियो । जारी भएको ऋणपत्र १०.२५% ग्लोबल आइएमई लिमिटेड डिबेन्चर २०८०–८१ को २०७५ चैत २८ गते बाँडफाँड भएको थियो । उक्त ऋणपत्रको अवधि ५ वर्षको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।