यस्तो बन्यो सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सञ्चालक समिति

0
Shares

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) मा नया सञ्चालक समिति निर्माण भएको छ । कम्पनीको चैत २७ गते सम्पन्न २७ औं वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्वाचित भएका हुन् ।

कम्पनीको संस्थापक सञ्चालकहरुमा नियमावली बमोजिम बैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंकाबाट श्री अजिथ रोहण गुणवद्र्धना मनोनित भई आएका हुन् । यस्तै मनोहर दास मुल, लोकमान्य गोल्छा र सिद्धार्थ मणि राजभण्डारी संस्थापक सेयरधनीको तर्फबाट निर्विरोध सञ्चालकमा निर्वाचित भएका छन् ।

साथै, सर्वसाधारण सेयरधनीहरूको समूहबाट प्रतिनिधित्व गर्ने गरी अरूणराज श्रेष्ठ र बिजन भट्टराई निर्विरोध निर्वाचित भएका छन् । कम्पनीमा संस्थापक सेयरधनीहरूको समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ४ जना र सर्वसाधारण सेयरधनीहरूको समूहबाट २ जना सञ्चालक रहेका छन् । स्वतन्त्र सञ्चालक नियुक्त हुन बाँकी छ ।

त्यसैगरी, आजै सम्पन्न सञ्चालक समितिको बैठकबाट सञ्चालक समितिको अध्यक्ष पदमा सञ्चालक मनोहर दास मुललाई नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव देवेन्द्र कोइरालाले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।